+
+

सहकारी पीडितको समस्या बुनिएको गीत ‘राधा पियारी’लाई करोड पटक हेरियो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २७ गते २०:२७

काठमाडौं । कृष्ण बिके र शान्तीश्री परियारको स्वरमा रहेको गीत ‘राधा पियारी’लाई युट्युवमा करोड पटक हेरिएको छ । लक्षरा फिल्म्सको प्रस्तुतिमा तयार भएको यो प्रेरणादायी गीतले लोभलाग्दो भ्यूज प्राप्त गरेको हो ।

गीतलाई आइतबारसम्म युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको छ । ४ हजारभन्दा धेरै दर्शकले प्रतिक्रिया जनाएका छन् । दुई महिनाअघि सार्वजनिक भएका गीतका केही हरफ टिकटकमा भाइरल भएका थिए ।

गायक बिकेले गीतलाई श्रोता दर्शकले दिएको माया अनपेक्षित भएको बताए । आफ्नो गीत टिकटकमार्फत बढी भ्यूज गएको उनको बुझाइ छ । भिडियोमा पल शाह र मलिका महत फिचर्ड छन् ।

गीतले समस्याग्रस्त सहकारीका पीडितको कथा भन्छ जुन अहिलेको समसामयिक विषय पनि हो । गीतमा बिके स्वयंले शब्द तथा संगीत भरेका छन् । जीबी अग्र निर्देशित गीतको भिडियोलाई नरेश बिबिसिले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?