+
+

सबैभन्दा महँगो कम्पनी युनिलिभर नेपालको नाफा घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २८ गते ८:४८

२८ कात्तिक, काठमाडौं । सबैभन्दा महँगो सेयर मूल्य रहेको युनिलिभर नेपालको नाफा घटेको छ ।

मंगलबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८ हजार रुपैयाँ छ । कम्पनीले बुधबार सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४.६ प्रतिशत घटेको छ ।

कम्पनीले पहिलो त्रैमासिक अवधिमा ५२ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा यस्तो नाफा ५५ करोड २५ लाख रुपैयाँ थियो ।

कम्पनीको बिक्री आम्दानीमा केही संकुचन आउँदा नाफामा प्रभाव परेको हो । कम्पनीको बिक्री आम्दानी पहिले २ अर्ब ३२ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब २५ करोड छ । नाफा घट्दा प्रतिसेयर आम्दानी घटेको छ ।

पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार वार्षिक प्रतिसेयर आम्दानी २ हजार ९६ रुपैयाँ छ । पहिले २ हजार २१८ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ५ हजार ८३६ रुपैयाँ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?