+

४ कारण, जसले नाक बन्द भइरहन्छ

नाकको हड्डी बाङ्गो हुनु

कसैको नाकको वनावट बाङ्गोटिङ्गो हुन्छ । यस्तो समस्या हुनुमा ९० प्रतिशत कारण जन्मजात नै हुन्छ । उल्टो बच्चा जन्मिँदा, जन्मदाँ शिशुको नाक थिचिएमा वा चोटपटक लाग्नु । सो कारणले सास फेर्न पनि कठिन भएमा उपचार गराइहाल्नु पर्छ ।

नाकभित्र मासु पलाउने (न्याजल पोलिप)

नाकभित्र मासु पलाएर पनि नाक बन्द भइरहने समस्या हुन्छ । यसलाई सामान्य भाषामा पिनास भनिन्छ । पिनास पनि दुई किसिमको हुन्छ । एउटा मासु पलाएर हुने र अर्को सामान्य कारणले ।

Advertisement

क्यान्सर

नाकभित्र क्यान्सर भएमा बारम्बार नाक बन्द हुने, नाकबाट रगत आउने, अनुहारको आकृतिमा परिवर्तन हुने, आँखा बाहिर निस्कने, मुखभित्रको तालु तल झरेको जस्तो हुने लक्षण देखिन्छ । प्राय यस्तो क्यान्सर ५० बर्षदेखि माथिको उमेर समूहमा बढी देखिएको छ ।

एडिनोइडमा समस्या

नाकको पछाडि भागमा हुने एडिनोइडको उमेर बढ्दै जाँदा आकार घट्दै जानुपर्ने हुन्छ । तर कतिपय अवस्थामा त्यस्तो हुँदैन । त्यस अवस्थामा बारम्बार नाक बन्द भइरहने हुन्छ । सुत्दा घुर्ने, सास फेर्न नसकेर सुतेको अवस्थामा अचानक ब्युँझने हुनसक्छ ।