+
+

बाढीपीडितलाई राहत तथा पुनर्स्थापनाका लागि रोशीले विशेष अधिवेशन बोलायो

रासस रासस
२०८१ कात्तिक २९ गते १२:५६
फाइल फोटो ।

२९ कात्तिक, काभ्रे । रोशी गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनःस्थापना एवं पुनर्बासका लागि बजेट व्यवस्थापन गर्न गाउँसभाको विशेष अधिवेशन आह्वान गरेको छ ।

जाडोयाम सुरु भइसकेकाले गाउँपालिकाले आफैं पुनर्बासको योजना तयार गरेर तत्काल बाढीपहिरो प्रभावितलाई ‘न्यानो’ प्रदान गर्न छुट्टै बजेट व्यवस्थापन गर्न गाउँसभाको विशेष अधिवेशन आह्वान गरेको जनाएको छ ।

गत असोज दोस्रो साताको अविरल वर्षाका कारण बाढीपहिरोले जनधनको क्षति पुर्‍याएपछि १५औं अधिवेशनले चालु आर्थिक वर्षको योजनाका लागि बिनियोजित बजेटबाट केही प्रतिशत कटौती गरी विपद् व्यवस्थापन गर्न विशेष सभाको आह्वान गरिएको गाउँपालिकाले जनाएको छ ।

विपद् प्रभावित परिवारका लागि राहत, पुनःस्थापन एवं पुनर्बासका कार्यक्रम सञ्चालन गर्न विशेष अधिवेशन बोलाइएको अध्यक्ष दिनेश लामाले बताए । ‘विशेष अधिवेशनमार्फत केही साधारण योजना कटौती एवं केही योजनाको केही प्रतिशत कटौती गर्न लागेका हौँ’, उनले भने ।

गाउँपालिकाले शुक्रबार गाउँसभाको विशेष अधिवेशन आह्वान गरेको हो । कार्यालयले बागमती प्रदेशको गाउँ, नगर र जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धि ऐन–२०७५, को दफा ३ को उपदफा १ बमोजिम गाउँसभाको विशेष अधिवेशन आह्वान गरेको जनाएको छ । अधिवेशन सकिएलगत्तै विपद व्यवस्थापनका लागि योजना तयार गरिने अध्यक्ष लामाले बताए ।

उक्त गाउँपालिकामा बाढीपहिरोले १२ जनाको मृत्यु भएको थियो । कार्यालयका अनुसार बाढीपहिरोबाट चार सय ८२ परी पूर्णरुपमा तथा ८ सय ८३ घर आंशिक रुपमा क्षति पुगेको थियो । यस्तै दुई हजार ५४४ परिवारको खेतबारीमा क्षति पुगेको जनाइएको छ ।

यसैगरी एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, छ ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो । बाढीपहिरोले भर्खरै निर्माण सम्पन्न भएको डम्फू उद्यान, १० शैय्याको अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको छ ।

कार्यालयले खोज, उद्धारको काम सकिएसँगै प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाडाकुँडा वितरण तथा बाढीपहिरोबाट पूर्णरुपमा घर क्षति भई मृतक तथा समस्यामा परेका एक सय १० परिवारलाई प्रारम्भिक नगद तथा अन्य राहत उपलब्ध गराइएको तथा बाढीपहिरोका परी मृत्यु भएका परिवारलाई गाउँपालिकाले किरिया खर्च वापत ५० हजार रुपैयाँ थप गरी नगद राहत हस्तान्तरण गरेको जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?