+
+

हिमालयन रिइन्स्योरेन्सको नाफा २९ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते ८:५३

३० कात्तिक, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको नाफा २९.१६ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २२ करोड ६३ लाख रुपैयाँ छ ।

गत आवको पहिलो त्रैमासमा खुद नाफा १७ करोड ५२ लाख रुपैयाँ थियो । कम्पनीको खुद प्रिमियम आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले ८३ करोड ३२ लाख रुपैयाँ रहेकोमा अहिले ९२ करोड ४४ लाख रुपैयाँ छ ।

लगानी तथा ऋण प्रवाहवापतको आम्दानी पहिले १८ करोड ४३ लाख रुपैयाँ रहेकोमा अहिले ३१ करोड २१ लाख रुपैयाँ छ । यी दुबै आम्दानी बढ्दा कुल आम्दानी बढेको छ । कुल आम्दानी पहिले १ अर्ब १ करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब २४ करोड रुपैयाँ छ ।

कुल आम्दानी नै बढेपछि नाफामा योगदान पुगेको देखिन्छ । कम्पनीको सञ्चित आम्दानी ८१ करोड ९५ लाख रुपैयाँ छ ।

तर कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । वार्षिक प्रतिसेयर आम्दानी पहिले १० रुपैयाँ १ पैसा रहेकोमा अहिले ८ रुपैयाँ ७१ पैसा छ । कम्पनीले सेयरधनीलाई दिएको बोनस सेयरपश्चात चुक्ता पूँजी बढ्दा प्रतिसेयर आम्दानी खुम्चिएको हो । प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १६ पैसा छ । बिहीबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ८७७ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?