+
+

सिम्रौनगढका निमित्त प्रशासकीय अधिकृत ७८ हजार घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते १३:१५

३० कात्तिक, काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानु ७८ हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले उनलाई ७८ हजार घुससहित पक्राउ गरेको  हो ।

बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी आधारमा  उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

पक्राउ परेका उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा घुस रकम बराबरकै बिगो रकम दाबीसहित विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?