+
+

श्रीलंकाको संसदीय निर्वाचनमा वामपन्थी गठबन्धनको ऐतिहासिक विजय

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते १८:०१

३० कात्तिक, काठमाडौं । श्रीलंकाको संसदीय निर्वाचनमा राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको वामपन्थी गठबन्धन नेशनल पीपुल्स पावर (एनपीपी) ले कुल २२५ मध्ये १५९ सिट सहित दुई तिहाई बहुमत हासिल गरेको छ ।

यसअघि २२ सेप्टेम्बरमा वामपन्थी नेता दिसानायके श्रीलंकाका राष्ट्रपति चुनिएका थिए । उनले भ्रष्टाचारविरुद्ध लड्ने र श्रीलंकाले व्यहोरिरहेको आर्थिक संकटबाट बाहिर निकाल्नका लागि बहुमत आवश्यक भएको भन्दै संसदको मध्यावधि निर्वाचनमा होमिएका थिए ।

प्रत्यक्षतर्फ १४१ सिट ल्याएको एनपीपीले समानुपातिकतर्फको २९ सिटमध्ये १८ सिट आफ्नो भागमा पर्दा कुल १५९ सिट अर्थात् दुई तिहाइभन्दा बढी ल्यायो ।

निवर्तमान विधानसभामा जम्मा ३ सिट जितेको एनपीपीले दुई तिहाई सिट जितेर ऐतिहासिक नतिजा निकालेको छ ।

दुई तिहाई बहुमतले दिसानायकेलाई कार्यकारी अध्यक्षता खारेज गर्ने प्रक्रिया सुरु गर्ने अधिकार समेत दिनेछ यद्यपि विश्लेषकहरूले यो चिन्ताको विषय नभएको र प्राथमिकतामा पर्ने सम्भावना नरहेको बताउँछन् ।

सन् २०२२ मा श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिएका बेला तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सत्ताच्यूत गरिएको थियो ।

त्यसपछि भएको निर्वाचनबाट राष्ट्रपति बनेका दिसानायकेले पहिलोपटक सत्ताको नेतृत्व सम्हाल्दै भ्रष्टाचारविरुद्ध लड्ने र देशको चोरी भएको सम्पत्ति फिर्ता गर्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?