+
+

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. शर्मा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २ गते १२:०७

२ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मालाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय मार्फत डा. शर्मालाई थप जिम्मेवारी प्रदान गरेका हुन् । मन्त्रिपरिषद्बाट नयाँ कार्यकारी निर्देशक नियुक्त नभएसम्मका लागि उनलाई आर्थिक र प्रशासनिक अधिकारसहित यो जिम्मेवारी दिइएको हो ।

यसअघि बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाको कार्यकाल गत आइतबार समाप्त भएको थियो । यस्तै बोर्डका अध्यक्ष रहेका डा. गुणराज लोहनीले गत भदौको अन्तिम साता राजिनामा दिएपछि अध्यक्ष विहीन भएको हो ।

नेपालमा २५ चैत २०७२ मा कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?