+
+

लोकतन्त्र, मानवअधिकार र न्याय क्षेत्रमा उहाँको योगदान महत्वपूर्ण थियो : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २ गते १७:००

२ मंसिर, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दु:ख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष देउवाले पुर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दु:ख व्यक्त गरेका हुन् ।

उनले सामाजिक सञ्जामालमा लेखेका छन्, ‘पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको खवरले स्तब्ध भएको छु । नेपालको लोकतन्त्र, मानवअधिकार र न्याय क्षेत्रमा उहाँको योगदान महत्वपूर्ण थियो।’

साथै उनले ढुंगानाको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?