+

इन्दु बर्मा काठमान्डु गुर्खाजको क्रिकेट एम्बासडर

२०८१ मंसिर  २ गते १९:०८ २०८१ मंसिर २ गते १९:०८
इन्दु बर्मा काठमान्डु गुर्खाजको क्रिकेट एम्बासडर

२ मंसिर, काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट टिम काठमान्डु गुर्खाजको क्रिकेट एम्बासडर बनेकी छिन् ।

गुर्खाजले आइतबार जर्सी रिभिल कार्यब्रममा ईन्दुलाई क्रिकेट एम्बासडर घोषणा गरेको हो। कप्तान वर्माले आफूलाई यो अवसर दिएकोमा काठमान्डु टिमलाई धन्यवाद दिइन्।

उनले एनपीएल फेस्टिभल अफ क्रिकेट भएको र यसले क्रिकेट क्रेज बढाइरहेको बताइन्। यस्तै भविष्यमा महिलाको पनि एनपीएल हुने अपेक्षा व्यक्त गरिन्।

‘जसरी पुरुषको एनपीएल भइरहेको छ भविष्यमा महिला क्रिकेटको पनि एनपीएल हुन्छ भन्ने आशा छ,’ उनले भनिन्, ‘काठमान्डुको क्रिकेट एम्बासडर हुँदा खुशी लागेको छ। मलाई क्रिकेट सिकाउनु भएको वसन्त शाही नै काठमाडौंको कोच हुनुहुन्छ। आशा छ उहाँसँग धेरै सिक्नेछु।’

काडमान्डुको मार्की प्लेअरमा करण केसी छन्।

इन्दु बर्मा काडमान्डु गुर्खाज क्रिकेट एम्बासडर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय