
काठमाडौं । नीता ढुंगाना स्टारर फिल्म ‘ह्रस्व दीर्घ’ले घरेलु बक्स अफिसमा सुखद डेब्यु गरेको छ । प्रदर्शनको दोस्रो दिन शनिबारसम्म देशब्यापी २ करोड रुपैयाँ ग्रस कमाइ गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ ।
शुक्रबार देशब्यापी ८० लाख ग्रस र शनिबार १ करोड २० लाख रुपैयाँ ग्रस कमाइ गरेको जानकारी वितरक मनोज राठीले दिए । उनका अनुसार फिल्मले आइतबार पनि उत्साहजनक कलेक्सन गरेको छ ।
‘यो उत्साहजनक ओपनिङ हो’ अनलाइनखबरसँग उनले भने । मुलकका डेढसय हलबाट रिलिज भएको यो फिल्मले शनिबार करोडभन्दा धेरै कमाइ गरेको हो । चन्द्र पन्त निर्देशित फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारीसहित नेपाली र भारतीय कलाकारले अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4