+
+

झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति, शव उठाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३ गते १२:०५

३ मंसिर, काठमाडौं । सवारी ज्यान सम्बन्धी कसुरमा हिरासतमा रहेका झाँक्री प्रकाश भुजेल र मृतक परिवारबीच सहमति भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार, दुई पक्षबीच छलफलपछि अस्पतालमा रहेको शव उठाउने तयारी भइरहेको छ । उनले अनलाइनखबरसँग भने, ‘उहाँहरु मिलेर आउनुभएको छ, के के सहमति भयो भन्ने चाहिँ प्रहरीको जानकारीमा छैन ।’

काठमाडौंको शंकरापुरमा गएको २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए ।

दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?