+
+

साउदी अरेबियामा तीन दशकयताकै उच्च संख्यामा मृत्युदण्डको सजाय

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३ गते १४:२३

३ मंसिर, काठमाडौं । साउदी अरेबियाले तीन दशकयताकै सबैभन्दा उच्च संख्यामा मृत्युदण्डको सजाय दिएको छ । गत सेप्टेम्बरमा साउदीले तीन दशकयताकै उच्च संख्यामा मृत्युदण्ड दिएको थियो ।

साउदीमा सन् १९९५ मा १९२ जनालाई मृत्युदण्ड दिइएको थियो । यो वर्ष उक्त संख्या २५० भन्दा माथि पुगिसकेको छ । एएफपीका अनुसार हालसम्म २७४ जनालाई मृत्युदण्ड दिइएको छ ।

साउदीमा यो वर्ष एक सयभन्दा बढी विदेशी नागरिकलाई मृत्युदण्ड दिइएको छ । भर्खरै मात्र लागूऔषध तस्करीको आरोपमा एक यमनी नागरिकलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । यो वर्ष अहिलेसम्म साउदी अरेबियाले कुल १०१ विदेशी नागरिकलाई मृत्युदण्ड दिएको एएफपीको रिपोर्टलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

यसअघि सेप्टेम्बरमा एम्नेस्टी इन्टरनेशनलले साउदी अरबमा मृत्युदण्डको सजाय बढेकोमा चिन्ता व्यक्त गरेको थियो । यो सन् २०२३ र २०२२ को तथ्यांकभन्दा झण्डै तीन गुणा बढी हो । २०२२ र २०२३ मा समान ३४ जना विदेशीलाई मात्र मृत्युदण्ड दिइएको थियो ।

‘यो एक वर्षमा विदेशी नागरिकको मृत्युदण्डको सबैभन्दा धेरै संख्या हो’ बर्लिनस्थित युरोपेली-साउदी मानवअधिकार संस्थाका कानूनी निर्देशक ताहा अल-हज्जीले एएफपीलाई भनेका छन् ।

मानवअधिकार संगठनहरूले साउदी अरेबियामा दिइँदै आएको मृत्युदण्ड सजायको कडा आलोचना गर्दै आएका छन्। बीबीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?