+

अस्ट्रेलियाद्वारा पाकिस्तानसँगको टी-२० सिरिज ‘क्लिन-स्वीप’

२०८१ मंसिर  ३ गते १६:३१ २०८१ मंसिर ३ गते १६:३१
अस्ट्रेलियाद्वारा पाकिस्तानसँगको टी-२० सिरिज ‘क्लिन-स्वीप’

३ मंसिर, काठमाडौं । पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियाले क्लिन-स्वीप गरेको छ । सोमबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो ।

पाकिस्तानले दिएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको अविजित पारी खेले । त्यस्तै जोश इङ्लिसले २७ रन बनाए । जेक फ्रेसर-मेगर्कले १८ रन बनाए ।

पाकिस्तानका लागि अब्बास अफ्रिदी, शाहीन अफ्रिदी र जहानदाद खानले एक-एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १८.१ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको थियो । बाबर आजमले सर्वाधिक ४१ रन बनाए भने हासिबुल्लाह खानले २४ रन बनाए ।

अस्ट्रेलियाका आरोन हार्डीले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए । स्पेन्सर जोनसोन र एडम जाम्पाले २-२ विकेट लिए भने जेभियर बार्टलेट र नेथन एलिसले १-१ विकेट लिए ।

पहिलो खेलमा २९ रनको जित निकालेको अस्ट्रेलियाले दोस्रो खेलमा १३ रनको जित निकालेको थियो ।

त्यसअघि भएको एकदिवसीय श्रृंखलामा पाकिस्तान २-१ ले विजयी भएको थियो ।

अस्ट्रेलिया क्रिकेट अस्ट्रेलिया र पाकिस्तान टी-२० सिरिज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय