+
+

कस्तो छ ‘ह्रस्व दीर्घ’को तीन दिने कमाइ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३ गते १७:१८

काठमाडौं । फिल्म ‘ह्रस्व दीर्घ’ले घरेलु बक्स अफिसमा सुखद् कमाइलाई निरन्तरता दिइरहेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले प्रदर्शनको तेस्रो दिनसम्मको कमाइ सार्वजनिक गरेको छ ।

फिल्मले आइतबारसम्म २ करोड ७५ लाख गस कमाइ गरेको उक्त कम्पनीले जनाएको छ । शुक्रबार ८० लाख र शनिबार १ करोड २० लाख ग्रस कमाइ गरेको थियो । फिल्मले आइतबार ७५ लाख रुपैयाँ कमाएको छ ।

‘फिल्मले सुखद् अकुपेन्सी प्राप्त गरिरहेको छ’, वितरक मनोज राठीले भने, ‘सोमबार पनि सार्वजनिक बिदामा फिल्मले दर्शकको राम्रो साथ पाएको छ ।’ चन्द्र पन्त निर्देशित फिल्ममा नीता ढुंगाना र हरिहर अधिकारीसहित भारतीय र नेपाली कलाकारको अभिनय छ ।

यो फिल्मको प्रवर्द्धनको लागि भारतीय अभिनेता प्रदीप रावत यतिबेला नेपालमा छन् । उनले सोमबार काठमाडौंका विभिन्न हलमा पुगेर फिल्मको प्रचार गरे । मंगलबार नेपालगञ्ज पुगेर दर्शकलाई भेट्ने जनाइएको छ । नेपालगञ्ज हुँदै उनी भारत प्रस्थान गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?