+

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने

२०८१ मंसिर  ३ गते १९:०७ २०८१ मंसिर ३ गते १९:०७
एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने

३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।

यो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२ः१५ मा सुरु हुनेछ हुनेछ । लिगको दोस्रो दिन कुनै खेल हुने छैन । कीर्तिपुरसहित देशका विभिन्न स्थानमा हुने उपनिर्वाचनका कारण मंसिर १६ गते कुनै खेल राखिएको छैन ।

सिंगल राउण्ड रोविनका आधारमा हुने एनपीएलमा लिग चरणमा कूल २८ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । जहाँ पहिलो र दोस्रो हुने टिमबीच क्वालिफायर वान हुनेछ । यस खेलको विजेता सिधै फाइनल पुग्नेछ । यस्तै तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर हुनेछ । एलिमिनेटरमा पराजित हुने टोद्यी बाहिरिनेछ भने एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । यसको विजेता फाइनल पुग्नेछ ।

एनपीएलको फाइनल खेल ६ पुसमा हुनेछ । प्रतियोगिताको खेलहरु विश्व चर्चित भारतीय च्यानल स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रशारण हुनेछ ।

हेर्नुहोस् खेल तालिका :

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय