
काठमाडौं । डिसहोमले सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा इन्टरनेट सेवा विस्तार गरेको छ ।
मुर्गिया क्षेत्रमा स्थापना गरिएको डिसहोमको नयाँ शाखाको उद्घाटन नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले गरेका छन् ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, डिसहोमका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
नयाँ सेवा केन्द्रले सैनामैना नगरपालिकाका ग्राहकलाई डिसहोमका विविध सेवाहरू उपलब्ध गराउनेछ।
ग्राहकले नयाँ सेवा केन्द्रबाट इन्टरनेटको नयाँ जडान, रिचार्ज र टिभी जडान तथा रिचार्ज सेवा बुक गर्न सक्नेछन् ।
यस सेवा केन्द्रमार्फत अब सैनामैना क्षेत्रका स्थानीय ग्राहकहरूको आवश्यकता समाधान गर्न र गुणस्तरीय सेवा सुविधाहरू थप प्रभावकारी रूपमा प्रदान गर्न सहयोग गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4