+
+

कोशीका पूर्वमन्त्री अधिकारी थप ५ दिन हिरासतमा रहने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते १६:४२

४ मंसिर, काठमाडौं । मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा रहने भएका छन् ।

हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीलाई मंगलबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।

अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको परिसरका एक प्रहरी अधिकारीले बताए ।

कात्तिक दोस्रो हप्ता जापान जाँदा असम्बन्धित व्यक्तिलाई पनि लिएर गएपछि एमाले प्रदेशसभा सदस्य तथा तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारी छानबिनमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?