+
+

प्युठानको बाग्दुला–मच्छी सडक आजदेखि २८ मंसिरसम्म दैनिक ११ घण्टा बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते २२:०३

५ मंसिर, प्युठान । प्युठानको बाग्दुला–मच्छी सडकखण्ड आजदेखि २४ दिनसम्म दैनिक ११ घण्टा बन्द गरिएको छ ।

सडक डिभिजन कार्यालय प्युठानले आज सूचना जारी गर्दै बाग्दुला–मच्छी सडकखण्डको साँघुरो घुम्तिलाई फराकिलो बनाउने योजनाअनुसार काम थालिएकाले आज मंसिर ५ गतेदेखि २८ गतेसम्म दैनिक ११ घण्टा सवारी साधनको आवतजावत बन्द गरिएको जानकारी दिएको हो ।

कार्यालयका सूचना अधिकारी कमल पुनका अनुसार बाग्दुला–मच्छी खण्ड बिहान ९ बजेदेखि ११ः३० बजेसम्म र दिउँसो २ बजेदेखि अपराह्न ४ः३० बजेसम्म मात्र खुला हुनेछ । अरु समय सडक बन्द हुने छ ।

२०४२ सालमा बाग्दुलादेखि मच्छीसम्म सडकको ट्र्याक खोलिएको थियो । सडक साँघुरो र घुम्ती पनि भएका कारण यहाँको यात्रा जोखिमपूर्ण मानिन्छ ।

सो सडक भएर प्युठानको प्यूठान नगरपालिका, झिमरुक, गौमुखी गाउँपालिकासहित गुल्मी र अर्घाखाँचीका यात्रु दैनिक ओहोर–दोहोर गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?