+

कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने

२०८१ मंसिर  ६ गते १६:१९ २०८१ मंसिर ६ गते १६:१९
कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने

६ मंसिर, काठमाडौं । क्यानडाका पूर्वकप्तान तथा कीर्तिमानी अलराउण्डर साद बिन जफरले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । लुम्बिनीले बिहीबार जफरलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

२०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमतासहित लुम्बिनी लायन्सलाई थप मजबुत बनाउने टिमको विश्वास छ ।

पाकिस्तानमा जन्मिएका क्यानडियन क्रिकेटर साद बिन जफरले सन् २००८ मा क्यानडाको फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । उनले क्यानडाको राष्ट्रिय टोलीका लागि ओडिआई र टि२०आई दुवै खेलेका छन् ।

बायाँ हाते स्लो स्पिन र बायाँ हाते ब्याटिङ गर्ने उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चारै ओभर मेडन राख्दै किर्तिमान बनाएका थिए । सन् २०२१ मा पानामाविरुद्धको खेलमा उनले ४ ओभर बलिङ गर्दा कुनैपनि रन नदिई २ विकेट लिएका थिए ।

जफरले क्यानडाका लागि ४९ टी२०आई खेल्दा ५५ विकेट लिएका छन् भने ब्याटिङबाट ३९० रन पनि बनाएका छन् । त्यस्तै सबैखाले टी२०मा ५५ खेलबाट ५७ विकेट लिएका छन् । उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट लुसिया जोक्सका लागि २ खेल खेलेका छन् ।

लुम्बिनी लायन्समा आबद्ध भएपछि जफरले आफ्नो उत्साह व्यक्त गर्दै भनेका छन्, ‘म नेपाल प्रिमियर लिगका लागि लुम्बिनी लायन्ससँग आबद्ध हुन पाउँदा अत्यन्तै उत्साहित छु। मैले अहिलेसम्म प्राप्त गरेको अनुभवले लुम्बिनी लायन्स तथा समग्र नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पुर्‍याउन चाहन्छु ।’

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले आगामी सिजनका लागि जफरलाई टिममा समावेश गर्न पाउँदा आफ्नो खुसी व्यक्त गर्दै भने, ‘साद बिन जफरजस्तो अन्तर्राष्ट्रिय ट्यालेन्टलाई हाम्रो टिमको हिस्सा बनाउन पाउँदा हामी निकै हर्षित छौँ । उहाँको अलराउन्ड क्षमता र कप्तानीबाट प्राप्त अनुभवले हाम्रो टोलीलाई अझ बलियो बनाउनेमा हामी विश्वस्त छौँ ।’

साद बिन जफर लुम्बिनी लायन्समा अनुबन्ध हुने पाँचौं विदेशी खेलाडी हुन् । यसअघि लुम्बिनीले अस्ट्रेलियाका बेन कटिङ, इंग्ल्याण्डका टम मुर्स, अमेरिकाका उन्मुक्त चन्द र वेस्टइन्डिजका रामोन सिमण्ड्स अनुबन्ध गरेको छ ।

एनपीएल यही मंसिर १५ गतेबाट काठमाडौंमा सुरु हुँदैछ । लुम्बिनी लायन्सले पहिलो खेल मंसिर १९ गते विराटनगर किङ्ससँग खेल्ने छ ।

एनपीएल लुम्बिनी लायन्स साद बिन जफर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय