+

कर्नाटकलाई हराउँदै नेपाली यू-१९ टोलीले जित्यो सिरिज

२०८१ मंसिर  ६ गते १६:४७ २०८१ मंसिर ६ गते १६:४७
कर्नाटकलाई हराउँदै नेपाली यू-१९ टोलीले जित्यो सिरिज

६ मंसिर, काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटक यू-१९ टोलीसँगको अभ्यास खेलको श्रृंखला जितेको छ । बिहीबार भएको अन्तिम अभ्यास खेलमा ७ विकेटको जित निकाल्दै नेपालले श्रृंखला ३-२ ले जितेको हो ।

कर्नाटकले दिएको १९१ रनको लक्ष्य नेपालले ४०औं ओभरमा ३ विकेट गुमाएर पूरा गर्दै श्रृंखला जितेको हो । नेपालको जितमा आकाश त्रिपाठी र मयन यादवले अर्धशतकीय पारी खेले । आकाश ८९ रनमा नटआउट रहँदा मयनले ५० रन बनाएका हुन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्नाटकले ५० ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो । उसका लागि कप्तान रोहितले सर्वाधिक ४१ रन बनाएका थिए ।

श्रृंखलाअन्तर्गत पहिलो खेल कर्नाटकले जित्दा दोस्रो र तेस्रो खेल नेपालले जित्दा चौथो खेल कर्नाटकले जितेपछि श्रृ‌ंखला बराबरीमा आएको थियो ।

आउँदै गरेको एसीसी यू-१९ एसिया कपको तयारीमा रहेको नेपाली युवा टोलीले घरेलु मैदानमा एकदिवसीय अभ्यास सिरिज खेलेको हो ।

एसीसी यू–१९ एसिया कप यही नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म युएईमा हुँदै छ । त्यसका लागि क्यानले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

अभ्यास खेल नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय