+

सनिलको गोलमा थ्री स्टारले मनाङलाई हरायो

२०८१ मंसिर  ६ गते २२:५३ २०८१ मंसिर ६ गते २२:५३
सनिलको गोलमा थ्री स्टारले मनाङलाई हरायो

६ मंसिर, काठमाडौं । सनिल स्याङ्गतानको एक मात्र गोलमा थ्री स्टारले ललित स्मृति एन्फा यू-१८ युथ लिगमा बिहीबार मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टारका लागि सनिलले ४७औं मिनेटमा निर्णायक गोल गरे ।

जितपछि थ्री स्टारले मनाङ मर्स्या्दी समान १९ अंक जोडेको छ । गोल अन्तरमा मनाङलाई पछि पार्दै थ्री स्टार तेस्रो स्थानमा उक्लेको छ । मनाङ चौथो स्थानमा झरेको छ ।

बिहीबारै भएको अर्को खेलमा जावलाखेल युथ क्लबले खुमलटारालई ३-१ ले हरायो । जावलाखेलका लागि मदन पौडेल, विवश दर्लामी र प्रमित खत्रीले गोल गरे । खुमलटारका लागि सागर तामाङले एक मात्र गोल गरे ।

जितपछि ११ खेलबाट १७ अंक जोडेर जावालखेल छैटौं स्थानमा उक्लेको छ। खुमलटार ११ खेलबाट ४ अंकसहित ११औं स्थानमै छ ।

ललित स्मृति एन्फा यू-१८ युथ लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय