+
+

थमन विक हत्या प्रकरणका अभियुक्त पुर्पक्षका लागि जेल चलान

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते ८:०५

७ मंसिर, जनकपुरधाम । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणका फरार एक अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् । महोत्तरीको जलेश्वर नगरपालिका- ६ का ५५ वर्षीय देवेन्द्र चौधरीलाई जलेश्वर कारागार चलान गरिएको हो ।

कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतको आदेशले उनलाई बिहीबार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीले चौधरीलाई कार्तिक २ गते जलेश्वर नगरपालिका -१ स्थित रामानन्द बिशेश्वर महेन्द्र क्याम्पस अगाडिबाट नियन्त्रणमा लिइ अदालतमा पेश गरिएको थियो ।

दोस्रो मधेश आन्दोलनका बेला २५ भदौ २०७२ मा थमन विकको महोत्तरीमा हत्या भएको थियो ।

हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र मोहन कापरले भने गत वर्ष सफाइ पाएका थिए ।

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो।

असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले गत वर्ष मंसिर २८ गते लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो । पूर्वप्रदेश सांसद कौशलकुमार यादव सहित १९ जनाको मुद्दा मुल्तवीमा राखिएको थियो । कौशलकुमार यादव गत असारमा पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?