+
+

एमाले कमजोर भयो भन्नेहरूका लागि यो सभा जवाफ हो : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते १४:२६

७ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले कमजोर भयो भन्नेहरुका लागि यो सभा जवाफ भएको बताएका छन् । दरबारमार्गमा जारी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो धारणा राखेका हुन् ।

राष्ट्रियता र जनजीविकाको पक्षमा एमाले उभिँदा गलत प्रचार गरेर कमजोर बनाउने प्रयास हुने गरेको उनले बताए ।

श्रीलंकालाई वामपन्थी सरकारले संकटबाट पार लगाएको भन्दै उनले नेपालको संकट समाधान पनि एमाले नेतृत्वको सरकारले गर्ने महासचिव पोखरेलले दाबी गरे । एमालेले सरकारको नेतृत्व गर्न थालेदेखि सुशासन र आर्थिक सुधार सुरु भएको उनले बताए ।

पोखरेलले कम्बोडियामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगानी गरेको भनेर गरिएको प्रचार गलत भएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?