७ मंसिर, काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा आगामी पुष अन्तिम साता यू-२३ थ्री एक्स थ्री बास्केटबल प्रतियोगिता हुने भएको छ ।
पुष २६-२७ गते (जनवरी १०-११) मा थ्री एक्स थ्री बास्केटबल हुने नेपाल बास्केटबल संघले शुक्रबार घोषणा गरेको हो । प्रतियोगितामा महिला र पुरुष दुवैको प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता दशरथ रंगशालको सेमिकभर्डहलमा खेलाइनेछ । प्रतियोगिताको व्यवस्थापन वानगेट स्पोर्ट्सले गर्नेछ ।
प्रतियोगिता २३ वर्ष मुनीका सबै खेलाडीले सहभागिता जनाउन पाउनेछन् । फेब्रुअरीमा हुने खुल्ला थ्री एक्स थ्री बास्केटबलको तयारी स्वरुप यस प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल बास्केटबल संघका अध्यक्ष भिम सिंह गुरुङले जानकारी दिए ।
प्रतिक्रिया 4