+

अमिसा कार्की अब सहायक सेनानी

२०८१ मंसिर  ८ गते ६:३८ २०८१ मंसिर ८ गते ६:३८
अमिसा कार्की अब सहायक सेनानी

७ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिसा कार्की नेपाली सेनाको सहायक सेनानी बनेकी छन् । नेपाली सेनाले लिएको सहायक सेनानीको परिक्षा उत्तिर्ण गरेपछि अमिसा सहायक सेनानीमा छनोट भएकी हुन् ।

उदयपुरकीस्थानिय अमिसा अब सेनाको स्थायी जागिर समेत बनेकी छन् । अमिसाले तीन वर्षदेखि करारमा  त्रिभुवन आर्मी क्लबबाट फुटबल खेल्दै आएकी थिइन् ।

अमिसाले गत महिना काठमाडौंमा भएको साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेश विरुद्ध गोल गरेकी थिइन् । फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पारजित भएको थियो ।

अमिसाले सन् २०२२ मा काठमाडौंमै भएको साफ वुमन्स च्याम्पियनमार्फत नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।

अमिसा नेपालको उमेर समूहबा६ खेल्दै सिनियर राष्ट्रिय ६िमसम्म पुगेकी हुन् । उनी पछिल्लो समय नेपाली टिमको महत्वपूर्ण सदस्य बनिसकेकी छन् ।

अमिसा कार्की फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय