८ मंसिर, काठमाडौं । पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिल (पीबीसीसी) को आयोजनामा आजदेखि पाकिस्तानमा चौथो संस्करणको ब्लाइन्ड क्रिकेट टी२० विश्वकप सुरु हुँदैछ ।
वर्ल्ड ब्लाइन्ड क्रिकेट काउन्सिलको कार्यक्रमम हनुसार हुने चौथो ब्लाइन्ड क्रिकेट टी२० विश्वकप नोभेम्बर २३ देखि डिसेम्बर ३ सम्म लाहोर र मुल्तानमा हुने छ ।
ब्लाइन्ड विश्वकपमा आयोजक पाकिस्तानसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेपाल र अफगानिस्तानले सहभागिता जनाउनेछन् ।
भारतले पनि प्रतियोगितामा सहभागिता जनाउने तय थियो तर अन्तिम समयमा भारतीय सरकारबाट भारतको ब्लाइन्ड क्रिकेट टिमलाई पाकिस्तान जान स्वीकृति नदिएपछि भारत सहभागि नहुने भएको हो ।
अब भारतलले खेल्ने लिग चरणका ६ वटै खेलमा विपक्षीले वाक ओभर पाउनेछन् । सहभागि ६ टोलीबीच राउण्ड रोविनका आधारमा खेल हुनेछन् ।
लिग चरणमा शीर्ष चारमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । जहाँ लिगमा पहिलो हुने र चौथो हुने टोलीबीच पहिलो सेमिफाइनल हुनेछ । यस्तै दोस्रो हुने र तेस्रो हुनेबीच दोस्रो सेमिफाइनल हुनेछ ।
फाइनल खेल डिसेम्बर ३ मा मुल्तान क्रिकेट स्टेडियममा हुनेछ ।
प्रतियोगिताका खेलहरु लाहोर र मुल्टानमा सञ्चालन हुनेछ । लिग चरणका अन्तिम चार खेलसहित सेमिफाइनल र फाइनलका खेलहरु मुल्तानमा हुनेछ ।
नेपालले श्रीलंकासँग आज खेल्दै
ब्लाइन्ड क्रिकेट टी२० विश्वकपको उद्घाटन खेलमा आज घरेलु टोली पाकिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल घाद्दी इन्स्टिट्युट अफ क्रिकेट लाहोरमा हुनेछ । यस्तै नेपालले आफ्नो पहिलो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछन । यस खेल पनि लाहोरस्थित साइद स्पोर्ट्स सिटी बेदिएनन रोडमा हुनेछ ।
आजै भारतर बंगलादेशबीच पनि खेल हुने तय थियो । तर भारतीय टिम सहभागि नभएपछि बंगलादेशले सिधै वाक्स ओभर पाएको छ ।
नेपालले आफ्नो दोस्रो खेल नोभेम्बर २४ मा बंगलादेशसँग, तेस्रो खेल अफगानिस्तानसँग नोभेम्बर २५ मा, चौथो खेल दक्षिण अफ्रिकासँग नोभेम्बर २६ मा तथा पाँचौ खेल नोभेम्बर २७ मा घरेलु टोली पाकिस्तानसँग खेल्नेछ ।
नेपाल र भारतबीच नोभेम्बर २९ मा खेल हुने तालिका थियो । तर भारत सहभागि नभएपछि नेपालले वाक ओभर पाएको छ ।
ब्लाइन्ड क्रिकेट टी२० विश्वकपका लागि नेपालले राम्रो तयारी गरेको र राम्रो प्रदर्शनको अपेक्षा राखेको नेपाली टोद्यीका मुख्य प्रशिक्षक नहेन्द्र निरौलाले जानकारी दिए ।
ट्रेनमा जाँदा ओपनिङ सेरेमोनी छुट्यो
नेपाली नेत्रीहन पुरुष क्रिकेट टिमले ब्लाइन्ड टी२० विश्वकपका लागि अन्तिम तयारी दाङका गरेको थियो ।
नेपाली टोली यसपटक सुनौली नाका हुँदै भारतको सडकमार्गबाट पाकिस्तान जाने कार्यक्रम थियो । तर ट्रेनमा जाँदा नेपाली टोद्यी शुक्रबार मात्र पाकिस्तानको लाहोर पुग्यो । शुक्रबारै उद्घाटन समारोह थियो । ढिला पुगेकोले नेपालले उद्घाटन समारोहमा सहभागि हुन पाएन ।
नेत्रहीन क्रिकेट संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठका अनुसार ट्रेनले बीच बाटोसम्म लगेर छाडेपछि बसमा जानुपरेकोले ढिला भएको जानकारी दिए ।
नेपाली टोली अमृसर हुँदै पाकिस्तान प्रवेश गरेको थियो । ‘सरकार र निजी क्षेत्रलाई गुहार्दा पनि सहयोग हुन सकेन । हामी बाध्य भएर सडकमार्गबाट आउनु पर्यो । जसले गर्दा ढिला लाहोर आइपुग्यौँ । उद्घाटन समारोह पनि छुट्यो ।’ श्रेष्ठले अलनाइनखबरसँग भने ।
रमेश बहादुर बानियाँको कप्तानीमा रहेको नेपाली टोलीमा सुनिल सुवेदी क्षेत्री, सागर लामा, दुर्गादत्त पौडेल, प्रेम बहादुर क्षेत्री, निश्चल शिवाकोटी, पदम बहादुर बदैला, भरत थापा, प्रविन स्याङताङ, मदन न्यौपाने, अमिश गुरागाईँ, शान्त बहादुर पाहारी, सुनिल राना मगर, नरेश चौधरी, पदम कार्की, रविन्द्र बोहोरा र यूवराज भण्डारी छन् ।
त्यस्तै टिमको प्रशिक्षकमा नहेन्द्र निरौला र सहायक प्रशिक्षकमा मनसुन बोहोरा रहेका छन् । त्यस्तै टिम लिडरमा पवन घिमिरे, तुन्बुरु उप्रेती टोली व्यवस्थापक, नेत्रहीन क्रिकेट संघ नेपाल महासचिव अमृत बराल अफिसियल र बन्दोबस्ती ब्यवस्थापनमा उपेन्द्र श्रेष्ठ रहेका छन् ।
यस्तो छ ब्लाइन्ड क्रिकेट टी२० विश्वकपको खेलतालिका:
प्रतिक्रिया 4