+
+

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ९ गते ९:४१

९ मंसिर, काठमाडौं । सिन्धुलीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  कमलामाई-९ इनारपानीस्थित मदन भण्डारी राजमार्गमा ना४७प ६४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

भिमानबाट चन्दनपुरतर्फ जादै गरेको मोटरसाइकलका चालक बर्दिवास नगरपालिका-२ हङकङडाँडाका २५ वर्षीय नारायण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?