
९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ कोषाध्यक्षमा मनोनीत भएका छन् । कांग्रेस शीर्ष तहका एक नेताका अनुसार सभापति शेरबहादुर देउवाले मनोनीत गरेका हुन् ।
कांग्रेस केन्द्रीय पार्टी कार्यालय सचिवालयले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गरेको पत्र पठाइसकेको छ । मनोनीत श्रेष्ठले पनि सभापतिले निर्णय गरेको पुष्टि गरे ।
श्रेष्ठ पूर्वराज्यमन्त्री समेत हुन् । व्यवसायी समेत रहेका श्रेष्ठले शिक्षा र कृषि क्षेत्रमा कार्य गर्दै आएका छन् । गत निर्वाचनमा श्रेष्ठ चितवन-२ मा पराजित भएका थिए ।
कोषाध्यक्ष मनोनीत नहुँदा कांग्रेसको पदाधिकारी अपूर्ण थियो । उमेश श्रेष्ठको मनोनीतसँग कांग्रेसको पदाधिकारीले पूर्णता पाएको छ ।
२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा जनजाती क्लष्टरबाट श्रेष्ठ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4