+

चितवन राइनोजको आइकोनिक खेलाडीमा सलाहुद्दिन

२०८१ मंसिर  ९ गते ११:४५ २०८१ मंसिर ९ गते ११:४५
चितवन राइनोजको आइकोनिक खेलाडीमा सलाहुद्दिन

९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली चितवन राइनोजले ट्यालेन्ट हन्टबाट आइकोनिक प्लेयर छनोट गरेको छ । चितवनले आइकोनिक खेलाडीमा सलाहुद्दिन खानलाई छानेको हो ।

आइकोनिक खेलाडी बनेसँगै सलाहुद्दिनले अब नेपाल प्रिमियर लिगमा चितवन राइनोजको प्रतिनिधित्व गर्न पाउने छन् । त्यसैगरी ट्यालेन्ट हन्ट डेभलपमेण्ट स्क्वाडमा मनिष पुन र रोशन झा पनि छनोट भएका छन् । उनीहरूले टोलीसँग विशेष प्रशिक्षण गर्न पाउने छन् ।

उमेश पटवाल प्रशिक्षक रहेका चितवनको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर कुशल मल्ल र भेट्रान खेलाडी शरद भेषावकर पनि छन् ।

त्यसैगरी विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका मर्चेन्ट डे ल्याङ, इंग्ल्ल्याण्डका लुक बेन्केनस्टेइन, अफगानिस्तानका हसन एइसाखिल, नामिबियाका जान निकोल लोफ्टी-इटन र इंग्ल्याण्डका रवि बोपारा छन् ।

एनपीएल आगामी मंसिर १५ गतेदेखि काठमाडौंको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरू हुँदैछ ।

चितवनले आफ्नो पहिलो खेल मंसिर १७ गते का७माण्डु गुर्खाजसँग खेल्ने छ ।

आइकोनिक खेलाडी चितवन राइनोज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय