+
+

पूर्वराज्यमन्त्री पदम राईलाई पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जली

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ९ गते १२:१६

९ मंसिर, काठमाडौ । पूर्वराज्यमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य पदमबहादुर राईलाई पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जली दिइएको छ ।

आज बिहान आयोजित श्रद्धाञ्जली सभामा माओवादी अध्यक्ष प्रचण्ड, नेता तथा कार्यकर्तालगायतले पेरिसडाँडा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् । अध्यक्ष प्रचण्डले राईको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर सम्मान गरे ।

अध्यक्ष प्रचण्डले शोक वक्तव्य जारी गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । राईको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको उनले बताए ।

पूर्वराज्यमन्त्री राईको ५८ वर्षको उमेरमा शनिबार बेलुकी साढे ६ बजे वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?