
९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई तोकेको एक लाख जरिवानाको पत्र पार्टी कार्यालयमा पुर्याउने भएको छ । गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवाना गराएको थियो ।
एमालेले भने उक्त पत्र आएको र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेले जनाएको छ । मेयर बालेन शाहको सचिवालयले दिएको जानकारी अनुसार आइतबार दिउँसो महानगरपालिकाका प्रतिनिधिहरू पत्र बुझाउन पार्टी कार्यालय च्यासल जाँदैछन् ।
महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम पत्र बुझाउन लागिएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4