+
+

राहदानी वितरण रोकिएपछि सेवाग्राही आक्रोशित

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ९ गते २०:४४

९ मंसिर, काठमाडौं । राहदानी विभागको सेवा ठप्प भएपछि सेवाग्राही आक्रोशित भएका छन् ।

त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय परिसरमा भेला भएकाहरुले छिटो सेवा सुरु गर्न माग गर्दै होहल्ला गरेका छन् । उनीहरुलाई प्रहरीले रोक्ने प्रयास गरेको छ । तर सेवाग्राहीले हात नहाल्न चेतावनी दिएका छन् ।

हाल राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प छ । राहदानी वितरण रोकिँदा सेवाग्राही मर्कामा परेका छन् ।

विभागले प्रणालीमा समस्या आएकाले राहदानी वितरणको काम रोकिएको जनाएको छ ।

विभागले गत शुक्रबार गत शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको जानकारी गराएको थियो । १० मंसिरदेखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्न प्रयास गरिरहेको विभागले जनाएको छ ।

सेवाग्राहीले आफूहरुको अनुहार मिडियामा आएको भनेर भनेर गुनासो गरेकाले सेवाग्राही देखिने गरी फोटो/भिडियो खिच्न रोक लगाइएको भनेर विभागका महानिर्देशकले तर्क गरे पनि सेवाग्राहीहरु मिडियासामु आफूले भोग्नुपरेका समस्या सुनाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?