
९ मंसिर, काठमाडौं । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १० गतेदेखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
अधिकारीले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका थिए ।
प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधि सभाको सचिव पदबाट दिएको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन् ।
सभामुख देवराज घिमिरेको सिफारिसमा १८ असार २०८१ मा अधिकारी प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका थिए ।
सभामुख घिमिरे हाल कम्बोडिया भ्रमणमा छन् । पूर्वसचिव अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्ति सिफारिस गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4