
९ मंसिर, काठमाडौं । अवैध लागुऔषध खैरो हेरोइनसहित नागढुंगाबाट एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–४ का २१ वर्षीय अबिरल हिङमाङ छन् । उनलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–००६ ख ४७९७ नम्बरको यात्रुबहाक बसबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट ९ ग्राम खैरो हेरोइन फेला परेको छ । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4