+
+

अस्वाभाविक अन्तर्राष्ट्रिय हवाई भाडा अध्ययन गर्न कार्यदल गठन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते १३:११

१० मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा अस्वाभाविक मूल्य तिर्नुपरेको व्यापक गुनासोपछि सरकारले एक अध्ययन कार्यदल गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन भएको हो ।

उच्च दरको हवाई टिकट खरिद–बिक्री गरेको विषयमा कुनै गुनासो भए हवाई टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, बिलभौचर लगायत अन्य प्रमाण सहित  aviation@tourism.gov.np  मा पठाइदिन कार्यदलले आग्रह गरेको छ ।

२३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निर्माणका काम जारी रहेकाले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र ट्राभल एजेन्सीको ‘मिलेमतो’ मा हवाई भाडामा ठगी भइरहेको गुनासो यात्रुहरूले गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?