
१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रालयका सचिवहरुसँग गर्ने भनेको त्रैमासिक समीक्षा छलफल स्थगित भएको छ ।
प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे सिंहदरबारमा सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्ने कार्यक्रम थियो ।
तर प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण उक्त छलफल स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजै २ बजेका लागि तय गरिएको त्रैमासिक समीक्षा बैठक पनि स्थगन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4