+
+

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते १८:४९

१० मंसिर, काठमाडौं ।  धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।  यसअघि विद्युत् प्राधिकरणको सञ्चालक समेत रहेका उनी व्यावसायिक पृष्ठभूमिका हुन् ।

उनले एमबीएसम्मको अध्ययन गरेका छन् । धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन रहँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?