+
+

पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते १९:५१

१० मंसिर काठमाडौं । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन स्वीकृत भएको छ । १५ जनाको आवेदन परेकोमा ३ जानको नाम छनोट सिफारिस समितिले अस्वीकृत गरेको छ ।

‘कागजात नपुगेका ३ जनाको नाम अस्वीकृत भएको हो,’ उच्च शिक्षा महाशाखा प्रमुख वैकुण्ठप्रसाद अर्यालले भने ।

प्रा.डा वेदराज केसी, प्रा.डा दीपकबहादुर भण्डारी, प्रा.डा ज्ञानेश्वर शर्मा, प्रा.डा विश्वराज अधिकारी, प्रा.डा केदारनाथ घिमिरे, प्रा.डा पुष्पराज शर्मा, प्रा.डा सरोज कोइराला, प्रा.डा निर्मला जम्मरकट्टेल,

प्रा.डा विष्णुराज तिवारी, प्रा.डा बिनय कुमार मिश्र, प्रा.डा टेकराज ज्ञवाली र प्रा.डा दीपकराज पौडेलको आवेदन स्वीकृत भएको हो ।

अब १२ जनमाध्येबाट सिफारिस समितिले उपकुलपतिका लागि नाम सिफारिस गर्नेछ । छनोट सिफारिस समितिले २५ कात्तिकमा दरखास्त आह्वान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?