+

ब्लाइण्ड टी२० क्रिकेट विश्वकप : नेपालले दक्षिण अफ्रिकासँग खेल्दै

२०८१ मंसिर  ११ गते १०:११ २०८१ मंसिर ११ गते १०:११
ब्लाइण्ड टी२० क्रिकेट विश्वकप : नेपालले दक्षिण अफ्रिकासँग खेल्दै

११ मंसिर, काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले आज आफ्नो चौथो खेलमा दक्षिण अफ्रिकासँग खेल्दै छ ।

सुरूवाती दुई खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा सोमबार अफगानिस्तानलाई हराएको थियो । आजको खेल पौने १२ बजेदेखि सुरू हुँदै छ ।

दक्षिण अफ्रिकालाई हराएमा नेपालको सेमिफाइनलमा लगभग स्थान पक्का हुने छ । अन्तिम खेलमा बुधबार पाकिस्तानसँग खेल्ने छ ।

प्रशिक्षक नहेन्द्र निरौलाले आजको खेलमा पनि राम्रो प्रदर्शन गरेर जित्दै सेमिफाइनलमा स्थान बनाउने विश्वास व्यक्त गरेका छन् ।

ब्लाइण्ड टी२० विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय