+
+

पेस्तोलसहित एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ११ गते १७:४२

११ मंसिर, काठमाडौं । पेस्तोलसहित एक युवकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तुको मायादेवी गाउँपालिका–६ डुमराका २१ वर्षीय सद्दाम हुसेन फकिर छन् । उनलाई सोमबार साढे ५ बजे इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

मोटरसाइकल चोरी गर्न लागेको भन्ने सूचना स्थानीयबाट आएपछि खटिएको टोलीले भाग्दै गर्दा उनलाई नियन्त्रणमा लिएको थियो ।

उनको साथबाट कालो रंगको ४.५ मिटर क्यालिवर भएको पेस्तोल एक थान बरामद भएको छ । पेस्तोलमा लाग्ने ४३ थान छर्रा र पेस्तोलमा प्रयोग हुने धमाका ६ थान बरामद भएको छ ।

पक्राउ परेका उनीविरुद्ध हात हतियार तथा खरखजनाको कसुरको अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी निरन्जनदत्त भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?