+
+

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले गरे शपथ ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ११ गते १८:०४

११ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत मन्त्रालयमा उनले शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहणपछि उनले बोर्डको कार्यभार सम्हाल्ने छन् । अध्यक्ष श्रेष्ठको पदावधि ४ वर्षको हुनेछ । पदभार ग्रहणपछि नेपालको पूँजी बजार पूर्ण क्षमतामा  सञ्चालन नभइरहेको अवस्थामा गर्नुपर्ने धेरै काम बाँकी रहेको उनले बताए ।

लगानी र लगानीकर्ताको सुरक्षा, नयाँ प्रोडक्ट सञ्चालन, बजारको पहुँच विस्तार लगायतका कार्यमा आफूले ध्यान दिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?