+

एनपीएलका उत्कृष्ट नेपाली खेलाडीलाई ६२ लाख पर्ने ओमोडाको कार

२०८१ मंसिर  ११ गते २३:०१ २०८१ मंसिर ११ गते २३:०१
एनपीएलका उत्कृष्ट नेपाली खेलाडीलाई ६२ लाख पर्ने ओमोडाको कार

११ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘प्लेयर अफ दी सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा समूहले ओमोडाको ई-५ कार प्रदान गर्ने भएको छ।

प्रतियोगिताकै उत्कृष्ट घोषित हुने नेपाली खेलाडीलाई उक्त ‘ब्रान्ड न्यू’ कार प्रदान गरिने एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले बताए ।

यसअघि मंगलबार दिउँसो एक कार्यक्रममा पुरस्कार दिइने घोषणा गरिएको भएपनि कारको नाम र रकम भने खुलाइएको थिएन । नेपालमा यस कारको बजार मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ।

एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा.लि. र शारडा समूहबीच क्यानको सहकार्यमा सम्झौता भएको हो।

मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने एनपीएलका लागि शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सको ‘ओमोडा एन्ड जेईंको ‘ड्रिभन बाई’ सह प्रायोजकको रुपमा साझेदार रहेको छ।

उत्कृष्ट खेलाडीलाई कार एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय