+
+

मिस वर्ल्डमा सृच्छाले पहिरिनेछिन् मखमल कपासबाट बनेको पहिरन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १२ गते १४:५२

काठमाडौं । आउँदो ७२ औं संस्करणको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डको आयोजना स्थल र मिति घोषणा भैसकेको छैन । यद्यपी, नेपालले भने यसको तयारी थालिसकेको छ ।

आगामी संस्करणको मिस वर्ल्डमा मिस नेपाल २०२३ सृच्छा प्रधानले सहभागिता जनाउँदैछिन् । मिस नेपाल आयोजक द हिडन ट्रेजरले आउँदो प्रतियोगितामा सृच्छाले पहिरिने पोशाक मखमल कपासबाट निर्माण हुने जनाएको छ ।

उक्त पहिरनमा सृच्छाले गरेको फोटोसुटको तस्वीर बुधबार सार्वजनिक भएको छ जुन आकर्षक देखिन्छ । वातावरणमैत्री र दिगो फेसनको अवधारणालाई ख्याल गर्दै यो पोशाक तयार पारिएको उक्त पोस्टमा उल्लेख छ । एमपी प्रोडक्सनको अवधारणा र निर्देशनमा यो पोशाक तयार पारिएको उल्लेख छ ।

अहिले प्राविधिकरुपमा दुईवटा मिस नेपाल छन् । सृच्छा मिस नेपाल २०२३ हुन् भने आस्मा केसी सन् २०२४ कि विजेता । द हिडन ट्रेजरका अनुसार अहिलेसम्म सृच्छाले मुलुकको प्रतिनिधित्व पक्कापक्की छ । यदि मार्च महिनाभन्दा पछि मिस वर्ल्डको आयोजना धकेलिए नेपालको प्रतिनिधित्व आस्माले गर्नेछिन् ।

वातावरणकी विद्यार्थी समेत रहेकी सृच्छाले आगामी मिस वर्ल्डका लागि आफूलाई मनोवैज्ञानिक र शारिरिकरुपमा तयार गरिरहेकी छिन् । सम्भवतः चाँडै मिस वर्ल्डको आउँदो संस्करण घोषणा हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?