+

ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित

२०८१ मंसिर  १२ गते १६:४७ २०८१ मंसिर १२ गते १६:४७
ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित

१२ मंसिर, काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले हार व्यहोरेको छ ‌। नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो ।

नेपालले दिएको १०१ रनको लक्ष्य पाकिस्तानले ६.४ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । पाकिस्तानका नइमत उल्लाहले सर्वाधिक ७३ रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर १०० रन बनाएको थियो । नेपालका लागि ओपनर भरत थापाले सर्वाधिक ३९ रन बनाएका थिए ।

पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले त्यसपछि दुई खेल जितेको थियो ।

ब्लाइण्ड टी२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय