+

नेपाली चेस खेलाडी सिंगापुर प्रस्थान

२०८१ मंसिर  १२ गते २१:२७ २०८१ मंसिर १२ गते २१:२७
नेपाली चेस खेलाडी सिंगापुर प्रस्थान

१२ मंसिर, काठमाडौं । यही मंसिर १४ देखि २२ गतेसम्म हुन गइरहेको अन्तर्राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी नेपाल च्याम्पियन राजन सुवेदी र सुश्रुत दाहाल सिंगापुर प्रस्थान गरेका छन्।

२४औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता राजन सुवेदी र नेपाल तृतीय सुश्रुत दहाललाई महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्।

प्रतिष्ठित सिंगापुर ओपन अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालका दुई खेलाडी सहित आयोजक राष्ट्र सिंगापुर, अमेरिका, भारत, चीन, स्पेन, उज्वेकिस्तान, युएई, फिलिपिन्स, जर्जिया लगायतका ६० भन्दा बढी उच्च ग्राण्ड मास्टर्सहरुको सहभागीता रहनेछन् ।

भिसाको कारण नेपालले ४५ औं चेस ओलम्पियाडमा सहभागी हुन नपाए पछि खेलाडीको मनोवल उच्च राख्न नेपाल बुद्धिचाल महासंघले विभिन्न अन्तर्राष्ट्रिय स्पर्धामा पुरुषतर्फ राजन सुवेदी, फिडे मास्टर क्षितिज भण्डारी, शुश्रुत दाहाल र रुपेश जैसवाललाई सहभागी गराउने निर्णय गरेको थियो।

यसैगरी महिला खेलाडीहरु सिन्दिरा जोशी , कृतिसारा अधिकारी , शान्ति धिमाल, पूजा भण्डारी र रीया श्रेष्ठले पनि कुनै न कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउनेछ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालवाट सहभागी हुने शीर्ष खेलाडीहरुलाई आवास, हवाई खर्च लगायत लाग्ने खर्च वर्ल्ड चेस फेडेरेशनको सहयोगमा नेपाल बुद्धिचाल महासंघले ब्यहोरिने कार्य सम्पादन सदस्य राजु ताम्राकारले जानकारी गराएका छन्।

अन्तर्राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल चेस खेलाडी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय