+
+

डोटीमा कर्मचारीलाई मतदान केन्द्रमा पठाइयो

मतदानस्थल २, मतदान केन्द्र ३

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते १५:५७

१३ मंसिर, डोटी। डोटीमा स्थानीय तह उपनिर्वाचनका लागि कर्मचारीलाई मतदान केन्द्रमा पठाइएको छ ।

मतदान केन्द्रमा एकजना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, २ जना सहायक कर्मचारी र १ जना सहयोगी गरी ५ जना कर्मचारी खटाइएको मुख्‍य निर्वाचन अधिकृत रूद्रमणि गिरीले बताए ।

उनका अनुसार मतदानमा खटिनका लागि १ हजार ५९३ मतदाता कर्मचारीलाई चुनावका सामग्री पठाइएको छ ।

यसका साथै मतदान हुने दिन सशस्त्र र नेपाल प्रहरी गरी करिब एकसय जना गरी सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

डोटीको पूर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । वडाध्यक्षका लागि नेपाली कांग्रेसबाट उम्‍मेदवार मोहन थापा, नेकपा एमालेबाट देवहादुर थापा, माओवादीबाट देवीलाल थापा र रास्वपाका जानकी खड्का कुँवर भिड्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?