+
+

रास्वपाले कीर्तिपुरमा व्यक्ति तोकेर सघाउने निर्णय नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते १६:०९

१३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुरमा व्यक्ति तोकेर उम्मेदवारलाई समर्थन नजनाउने भएको छ ।

स्वतन्त्रतर्फबाट उम्मेदवार दिएका कुनै एकलाई समर्थन गर्ने रास्वपाको तयारी थियो । घोषित रुपमा कुनै पनि उम्मेदवारलाई सघाउने कार्य नहुने रास्वपाका उच्च तहका नेताले जानकारी दिए । उनले भने,‘योग्य, सक्षम व्यक्तिलाई मत दिन आग्रह गर्छौ । पार्टीले कुनै उम्मेदवारको पक्ष लिएर सघाउने निर्णय लिदैन ।’

दल र स्वतन्त्र गरी कीर्तिपुरमा २० उम्मेदवार छन् । उम्मेदवारी मनोनयन पछि दुईजनाले अर्कोलाई समर्थन गर्ने निर्णय लिएका छन् । एकीकृत समाजवादीका भानु रिजालले माओवादीलाई र स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले राजमान मानवलाई सघाउने निर्णय लिएका छन् ।

कीर्तिपुर नगर सभापति जयराम कार्कीको एकल सिफारिस भएपनि रास्वपाले उम्मेदवार उठाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?