+
+

कीर्तिपुरको लोकतान्त्रिक चोकमा कांग्रेसको चुनावी सभा (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ मंसिर १३ गते १६:०५

१३ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले कीर्तिपुरमा अन्तिम चुनावी सभा आयोजना गरेको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासमेतको उपस्थितिमा अहिले कीर्तिपुरको लोकतान्त्रिक चोकमा सभा चलिरहेको छ ।

कीर्तिपुरको मेयरका लागि आगामी १६ मंसिरमा उपनिर्वाचन हुँदैछ । यो निर्वाचनलाई दलहरूले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।

आजै कांग्रेससहित माओवादी केन्द्र र नेकपा एमालेले पनि यहाँ चुनावी सभा आयोजना गरेका छन् । सभामा सहभागी हुन शीर्ष नेताहरू कीर्तिपुर पुगेका छन् ।

कीर्तिपुरमा कांग्रेसबाट कृष्णमान डंगोल प्रमुखका उम्मेदवार हुन् भने दल र स्वतन्त्र गरी यहाँ २० जना उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?