+

एनपीएलअघिको अन्तिम अभ्यास खेलमा पोखराले विराटनगरलाई हरायो

२०८१ मंसिर  १३ गते १७:४९ २०८१ मंसिर १३ गते १७:४९
एनपीएलअघिको अन्तिम अभ्यास खेलमा पोखराले विराटनगरलाई हरायो

१३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तयारीमा रहेको विराटनगर किंग्स अभ्यास खेलमा पोखरा एभेन्जर्ससँग ३६ रनले पराजित भएको छ। मुलपानी क्रिकेट भएको अभ्यास खेलमा विराटनगर पराजित भएको हो।

पोखराले दिएको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो । फिर्दोस अन्सारी २१ रनमा अविजित रहँदा दिपक बोहराले १९ रन तथा बसिर अहमदले १८ रन बनाए । पोखराका लागि सागर ढकाल र तीर्थ राज दासले २–२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो। उसका लागि मार्की खेलाडी कुशल भुर्तेलले सर्वाधिक ३५ बलमा ५५ रन बनाए । त्यस्तै, माइकल लिस्कले २१ रन बनाउँदा किरण ठगुन्नाले १० रन बनाए ।

विराटनगरका लागि सन्दीप लामिछाने र सुवाष भण्डारीले २–२ विकेट लिँदा जितेन्द्र मुखिया, प्रतिश जिसी र राजेश पुलामीले समान १–१ विकेट लिए।

यसअघि बुधबार भएको अभ्यास खेलमा लुम्बिनीलाई जनकपुरले ९६ रनले हराएको थियो ।

शनिबार हुने एनपीएलको उद्घाटन खेलमा विराटनगरले जनकपुर बोल्ट्सको सामना गर्दै छ ।

एनपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय